back
CTIZAN AD

संरक्षणको अभावमा जीर्ण पजारु घोगीको स्मारक

वि.सं.२०७३ कात्तिक ३ बुधवार

999 

shares

 २ कात्तिक,जाजरकोट । यहाँको पजारु–८, घोगीमा रहेको प्राचीन स्मारक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जीर्ण अवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणमा पहिले कसैले ध्यान नदिए तापनि हाल पुरातत्व विभागले घेराबार गर्न थालेको छ ।

भत्किएर जीर्ण अवस्थामा पुगेका स्मारक स्तम्भ पुरातत्व विभागले वर्षमा दुईवटा मर्मत गर्ने गरेको स्थानीय शिक्षक गोविन्दप्रसाद गिरीले बताउनुभयो । जम्मा १२ वटा स्तम्भमा दुईवटा स्तम्भ पूरै मर्मत गर्नुपर्ने अवस्थामा रहेको शिक्षक गिरीले जानकारी दिनुभयो ।

प्राचीनकालमै निर्माण गरिएको स्मारक कसरी, कसले निर्माण गरेको भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । कतिपय जानकारले तिब्बतबाट देश निकाला गरिएका लामा पजारुमा आएर उक्त स्मारक निर्माण गरेको बताउने गरेका छन् । तिब्बतबाट लखेटिएका लामा भारतमा बस्दै आएका दलाइ लामाको सरणमा जाँदा लामा जाजरकोटको बाटो हँुदै भारत पुगेको स्थानीय बूढापाका बताउँछन् ।

चीनले देश निकाला गरेका लामाले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेका हुन् भन्ने ठोकुवा गर्न सक्ने प्रमाण भने कसैसँग छैन । अनुमानका आधारमा उक्त स्मारकका बारेमा विभिन्न तर्क गर्ने स्थानीयवासीले यसलाई धार्मिकस्थलका रुपमा परिभाषित गर्ने गरेका छन् ।

सत्ययुगका मान्छेले यसलाई धार्मिकस्थलका रुपमा प्रयोग गर्दै आएको हुनाले दैविक शक्ति हुन सक्ने कतिपयको भनाइ छ । द्वापरयुगसम्म यसलाई धार्मिकस्थलका रुपमा निरन्तरता दिएको हुनसक्ने उनीहरुको भनाइ छ । कलियुगमा सबै प्रकारका दैविक शक्ति दबिसकेको हुनाले हाल त्यहाँ कुनै प्रकारका दैवी शक्ति देखा नपर्ने धार्मिक आस्था राख्नेको भनाइ छ ।

हेर्दा पनि हेरिरहूँजस्तो लाग्ने निकै पुरानो स्मारकमा रहेका स्तम्भका आकृतिको बनावट निकै लोभलाग्दो रहेको छ । कुन सन्दर्भ र परिवेशमा कस्ले बनाएको स्मारक हो भन्ने कुराको लिखित इतिहास पछिल्लो पुस्ताका लागि नभएको नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर मल्ल बताउनुहुन्छ । संरक्षणको अभावमा बिगँ्रदै र भत्कँदै गएको स्मारकको संरक्षण पुरातत्व विभागले गर्न थालेपछि भावी पुस्ताका लागि लिखित इतिहास नभए पनि भौतिक इतिहास जोगाइराख्नेमा ढुक्क भएको नेता मल्लले बताउनुभयो ।

पुरातत्व विभागको घेराबारभित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरू कुनै किसिमले हानि–नोक्सानी पु¥याएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार रु २५ हजारदेखि एक लाखसम्मको जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्थालाई सार्वजनिक गरिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गादेखि स्मारक रहेको स्थान पजारुको घोगी करिब १४ कोशको दूरीमा रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०४:५० मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...