back

दुई दिनदेखि बन्द यातायात सञ्चालन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

633 

shares
IME Limited
NTC AD

३ कात्तिक,कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो ।

बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए÷नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ ।

नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०४:४९ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...