back
CTIZAN AD

दुई दिनदेखि बन्द यातायात सञ्चालन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

933 

shares

३ कात्तिक,कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो ।

बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए÷नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ ।

नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०४:४९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...