Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

उद्योगमन्त्री र चिनियाँ वाणिज्यमन्त्रीबीच भेटवार्ता



३ कात्तिक,काठमाडौँ। उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओबीच आज उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सो असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताउनुभयो ।

लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने प्रतिवद्धताकासाथ अगाडि बढिरहेको उल्लेखगर्दै उहाँले भन्नुभयो – यसका लागि मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन र औद्योगिक व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरी कार्यान्वयमा ल्याउने चरणमा रहेको छ ।

मन्त्री जोशीले कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने गृहकार्यमा सरकार लागिपरेको बताउँदै नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनियाँ सहयोगका लागि आग्रह गर्नुभयो ।

भेटमा चिनियाँमन्त्री झाङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताउँदै त्यसका लागि लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न चिन सरकार तयार उहाँले बताउनुभयो ।

मन्त्री झाङले चीनले गरेको आर्थिक उन्नत्तीबाट नेपालले पनि प्रसस्तै फाइदा लिनसक्ने भन्दै औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने बताउनुभयो ।

उहाँहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नवीनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाइँले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ