back
CTIZAN AD

उद्योगमन्त्री र चिनियाँ वाणिज्यमन्त्रीबीच भेटवार्ता

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.1K 

shares

३ कात्तिक,काठमाडौँ। उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओबीच आज उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सो असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताउनुभयो ।

लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने प्रतिवद्धताकासाथ अगाडि बढिरहेको उल्लेखगर्दै उहाँले भन्नुभयो – यसका लागि मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन र औद्योगिक व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरी कार्यान्वयमा ल्याउने चरणमा रहेको छ ।

मन्त्री जोशीले कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने गृहकार्यमा सरकार लागिपरेको बताउँदै नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनियाँ सहयोगका लागि आग्रह गर्नुभयो ।

भेटमा चिनियाँमन्त्री झाङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताउँदै त्यसका लागि लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न चिन सरकार तयार उहाँले बताउनुभयो ।

मन्त्री झाङले चीनले गरेको आर्थिक उन्नत्तीबाट नेपालले पनि प्रसस्तै फाइदा लिनसक्ने भन्दै औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने बताउनुभयो ।

उहाँहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नवीनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाइँले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०८:२५ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...