back
CTIZAN AD

बाल्टिमोरमा बानाको सडक महोत्सव सम्पन्न 

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.3K 

shares
bana-2
बाल्टिमोर l  अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को आयोजनामा गत अक्टोबर १६ तारिखमा भएको सडक महोत्सव हर्सौल्लास साथ सम्पन्न भएको छ l
 
नेपालीहरुको महान चाड दशैँ तथा आउदै गरेको तिहारको शुभ साईतको अवसरमा सम्पन्न भएको दोश्रो सडक महोत्सव बिबिध कार्यक्रमको साथ समापन भएको छ l 
 
हरेक बर्ष नेपालीहरुको मुख्य चाड पर्व आफुले मात्र मनाउने गरेको तर हाम्रा संस्कृतिलाई अन्य समुदाय तथा संस्कृति बोकेका समुदायलाई समेत जानकारी गराउने उदेस्यले गरिएको आयोजकले बताएका छन् l यसको साथै नेपालीको पहिचानलाई कायम गर्ने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको जानकारी दिएका छन् l 
bana-7
 
कार्यक्रममा स्वास्थ्य शिबिर समेतको व्यवस्था गरिएको थियो भने नेपाली खानाको पर्दर्शन ,झाकी ,बिभिन्न जातजातिले आफ्नो भेष भूषा तथा पुरुषहरुले नेपाली दौरा सुरुवाल लगाएर आएका थिए l कार्यक्रम मा झाकी प्रदर्शन को साथै नेपालका मौलिक सांस्कृतिक नृत्य ,लाखे नृत्य तथा अन्य  बिशेष नृत्य समेत प्रस्तुत गरिएको थियो l
कार्यक्रममा झाकी ,औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरु सजाएर राखिएका थिए l नेपाली समुदाय तथा बिदेशीहरुले पनि बढो अभिरुचि पूर्वक सहभागिता भएको देख्न्थ्यो l 
 
बाना का सभापति कुल मणि आचार्यले बिशेष जानकारी गराउदै बाल्टिमोर नजदिक रहेको टाउसन विश्वबिद्यालय संग बानाको सिफारिसमा उक्त विश्व बिद्यालय मा छात्रवृतिको सिफारिस गर्न पाउने  बिषयमा समझौता भएको बताए l यसको साथै उक्त विश्व बिद्यालयमा अध्ययन गर्न बानाले आफैले सौजन्य गर्न सक्ने पनि रहेको बताए l टाउसन विश्वबिद्यालयले सडक महोत्सवमा आफ्नो प्रचार प्रसार समेत गर्न प्रदर्सनी कक्ष राखेको थियो l unnamed
 
अध्यक्ष आचार्यले बाल्टिमोर काउन्टी तथा शहरबाट आउने प्रतिनिधिहरुले स्थानीय विकासको लागि नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको तथा यस क्षेत्रमा नेपालीहरुको सामुदायिक केन्द्रको स्थापनाको लागी बाना संग मिलेर काम गरि रहेको बताएका छन् l 
 
औपचारिक कार्यक्रममा कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि )महा बाणिज्य दुत प्रेम राजा महत ,अमेरिकाको भ्रमणमा रहेका नेपालका माननीय शुशिल कुमार श्रेष्ठ ,बिदेशी अतिथि ,सयुक्त राष्ट्र संघको यूवा सम्मेलनकी युवा अध्यक्ष जोली अमात्य लगायत केहि अन्य नेपाली समुदायका केहि व्यक्तिहरुले शुभकामना दिनुको साथै मन्तब्य राखेका थिए l 
 
सडक महोत्सवकै समय मिलाएर कराते खेलाडी उज्ज्वल ठकुरीले  गिनिज बुक अफ वल्र्ड वोर्ल्ड रिकर्ड” को लागी प्रदर्शन गरेका थिए l  महोत्सवलाई भब्य बनाउनका लागि बाल्टिमोर क्षेत्र मा रहेका विभिन्न संघ संस्थाहरु म्याग्दी समाज अमेरिका, बाग्लुङ समाज अमेरिका, चितवन समाज अमेरिका, एनईसीसी टिई सी समुह ,कास्की समाज अमेरिका, नेवा अर्गनाइजेसन अफ् अमेरिका, नेपा पासा: पुच अमेरिकाये्, पर्वत समाज, बाल्टिमोर आमा समुह, तमु समाज अमेरिका, गुरुङ समाज अमेरिका, नासो कम्युनिटी अमेरिका तथा तनहुँ समाज अमेरिका को ठुलो भूमिका रहेको थियो l 
 
यसै गरि एभरेष्ट ब्याण्ड मेरिल्याण्ड, मगर समाज अमेरिका, एभरेष्ट वर्ड क्लास तेक्वान्दो, एभरेष्ट इन्टर्टेन्ट्मेन्ट लगायतले समेत सहकार्य गरेका छन भने एनआर एन अमेरिका ,एनआरएन मेरिल्याण्ड शाखाले सहयोग गरेका थिए l 
 
सडक महोत्सव लाई व्यापक प्रचार तथा प्रसार गर्न ठुलो भूमिका निर्वाह “मेरिल्याण्डका हामी नेपाली” का सृजन ताम्राकारले विशेष भुमिका निभाएका थिए l नायिका ऋचा घिमिरेले कार्यक्रम संचालन गरेकी थिइन् l 

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०६:३५ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...