Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै अस्थायी शिक्षक आन्दोलन



३ कात्तिक,काठमाडौँ। अस्थायी शिक्षकले आफूलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै आज पनि आन्दोलनका कार्यक्रमलाई यथावतै राखेका छन् ।

अस्थायी शिक्षक सङ्घर्ष समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्नेलगायतका माग राखी आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका हुन् ।

समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायिका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ ।

समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भन्नुभयो–“शिक्षा ऐन (आठौँ संशोधन) ले अस्थायी शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले उक्त ऐनलाई पुनः संशोधन गर्नुपर्छ ।”

उहाँले गुणस्तरीय शिक्षाका लागि अस्थायी शिक्षकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सरकारले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरी शिक्षामा गुणस्तर ल्याउन नसकिने बताउनुभयो ।

लामो समयदेखि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै समितिले मङ्गलबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

शिक्षा ऐन(आठौँ संशोधन) ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ ।

यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरूले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा