back
CTIZAN AD

 ठकुरीद्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास

वि.सं.२०७५ असोज १ सोमवार

624 

shares

विजय थापा ,सेप्टेम्बर १६ । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी द्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) को प्राङ्गढमा उनले उक्त प्रयास गरेका हुन् ।

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) का पदाधिकारी,समाजसेविहरु,खेलकुदका खेलाडीहरु, प्रशिक्षकहरु लगायत संचारकर्मिको उपस्थितिमा उनले तेश्रो गिनिज बुक अफ वर्ल्डको लागि प्रयास गरेका छन् ।

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरे पछि मात्र ठकुरीले गरेको प्रयास बिश्व किर्तिमानको परिणाम आउने छ ।

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याईएर राखेको काचो अन्डा फुटाएर बिश्व किर्तिमान गर्ने प्रयास गरेका छन ।

उनले १ मिनेट भित्र अगाडी लात्ती प्रहार द्वारा ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरि फोडेको किर्तिमानलाई तोड्ने प्रयास गरेका छन् । ठकुरीले बिश्व किर्तिमान लाई तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाच पड्ताल गरे पछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्ने हुने छ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको किर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९।४९ पौण्ड ९६३।९७ केजीमा पहिलो विश्व किर्तिमान गरेका थिए । त्यसै गरि उनले दोश्रो किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२।४८ पौण्ड ९६४।६३ केजीको तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका थिए ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।

वि.सं.२०७५ असोज १ सोमवार १४:५० मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...