back

 ठकुरीद्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास

वि.सं.२०७५ असोज १ सोमवार

267 

shares
GLOBAL IME AD
NTC AD

विजय थापा ,सेप्टेम्बर १६ । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी द्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) को प्राङ्गढमा उनले उक्त प्रयास गरेका हुन् ।

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) का पदाधिकारी,समाजसेविहरु,खेलकुदका खेलाडीहरु, प्रशिक्षकहरु लगायत संचारकर्मिको उपस्थितिमा उनले तेश्रो गिनिज बुक अफ वर्ल्डको लागि प्रयास गरेका छन् ।

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरे पछि मात्र ठकुरीले गरेको प्रयास बिश्व किर्तिमानको परिणाम आउने छ ।

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याईएर राखेको काचो अन्डा फुटाएर बिश्व किर्तिमान गर्ने प्रयास गरेका छन ।

उनले १ मिनेट भित्र अगाडी लात्ती प्रहार द्वारा ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरि फोडेको किर्तिमानलाई तोड्ने प्रयास गरेका छन् । ठकुरीले बिश्व किर्तिमान लाई तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाच पड्ताल गरे पछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्ने हुने छ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको किर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९।४९ पौण्ड ९६३।९७ केजीमा पहिलो विश्व किर्तिमान गरेका थिए । त्यसै गरि उनले दोश्रो किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२।४८ पौण्ड ९६४।६३ केजीको तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका थिए ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।

वि.सं.२०७५ असोज १ सोमवार १४:५० मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...