back
CTIZAN AD

अमेरिकालाई चीनको चेतावनी – करवृद्धिको जवाफ चीनले दिन्छ

वि.सं.२०७५ असोज १ सोमवार

630 

shares

१ असोज, बेइजिङ, चीन (रासस/एएफपी) । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

“यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए ।

विश्वका यि दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो ।

गत साताको अन्तमा अमेरिकी ‘वाल स्ट्रिट जर्नल’ले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी अमेरिकाले चीनबाट आयात हुने सामानमा २०० अर्ब अमेरिकी डलर बराबरको कर लगाउन लागिएको जनाएको थियो । उक्त कदमले वार्तालाई रद्द गर्ने निर्णय लिन बाध्य पार्ने चिनियाँ अधिकारीले बताएका छन् ।

अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।

अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ । साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक निम्न विन्दुमा झरी २६५१.७९ पुगेको छ ।

अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताए ।

हामीले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने बताउँदै आएका छौँ, प्रवक्ता गेङले थपे ।

तर यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिएका छन् । बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०७५ असोज १ सोमवार २०:२५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...