back
CTIZAN AD

 कृषि मन्त्री खनालका ६ महिने उपलब्धीको फेहरिस्त (पूर्णपाठ)

वि.सं.२०७५ असोज ३ बुधवार

831 

shares

३ असोज, काठमाडौँ । कृषि तथा पशूपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आफूले मन्त्रालय सम्हालेपछिका ६ महिनाको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।
मंगलबार मन्त्रालयमा आयोजि एक कार्यक्रमकाबीच प्रगति विवरण सार्वजनिक गरिएको हो ।

मन्त्री खनालले चैत २ गते कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीकोे पदभार ग्रहण गरेयता वैशाख २३ गते कृषि, पशुपन्छी, भूमि तथा सहकारी क्षेत्र विकासको रुपान्तरणसहित ५८ बुँदे रुपान्तरणको मार्गचित्र सार्वजनिक गरेका थिए । सोही मार्गनिर्देशक सिद्धान्त अनुरुप मन्त्रालयले काम गरिरहेको तथा आगामी दिनमा दृढतापूर्वक कार्यान्वयन प्रक्रिया अघि बढेको मन्त्री खनालको दाबी छ ।

प्रगति विवरणमा कृषि तथा पशुपन्छी विकासतर्फ भएका मुख्य उपलव्धीहरुमा कानुन तथा कार्यविधि तर्जूमा, उत्पादन तथा बजार प्रवद्र्धन, अनुसन्धान, विकास र प्रसार, खाद्य स्वच्छता तथा जनजीविकाका सवाल, पशुनश्ल सुधार, डेरी तथा चरण विकास, कृषि सामग्री आपूर्ति, यान्त्रिकिकरण प्रवद्र्धन, पशुपन्छी स्वास्थ्य प्रवद्र्धन तथा नियमन, कृषि पर्यटन तथा रोजगार प्रवद्र्धन, अन्तर्राष्ट्रिय साझेदारी विकास तथा भूमि व्यवस्था तथा सहकारी क्षेत्र तर्पm ६ महिनाको अवधिमा महत्वपुर्ण काम भएको उल्लेख गरिएका छ ।

कालीमाटीको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउनेदेखि मुलुकभर उपभोग्य खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्वाध रूपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एकवर्षे “खाद्य स्वच्छता तथा गुणस्तर अभियान” कार्यक्रमको घोषणा तयारी गरिएकोे मन्त्रालयले जनाएको छ ।

कृषियोग्य भूमिमा भईरहेको तीव्र खण्डीकरणलाई निरुत्साहित तथा बाँझो जमिनलाई व्यवस्थित र नियमन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने, कृषिमा विविधिकरण, आधुनिकीकरण, व्यवसायिकरण, यान्त्रिकीकरण र प्रविधिकरण मार्फत कृषिमा सुधार ल्याएर समृद्द नेपाल र सुखी नेपालीको मूल लक्ष्यलाई साकार पार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो काम अघि बढाएको उल्लेख गरिएको छ ।

यस्तै कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन कालिमाटी वजारको अनुगमन गरी नियम विपरित संचालन गर्ने ९८ व्यवसायी उपर कारवाही प्रकृया बढाइएकोमा त्यसमध्ये भाद्र १९ गते ६ वटा र असोज २ गते थप ५१ वटा गरी कुल ५७ वटा पसललाई हटाइएको उल्लेख गरिएको उल्लेख गरिएको छ ।

 

वि.सं.२०७५ असोज ३ बुधवार ०९:५९ मा प्रकाशित

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...