back
CTIZAN AD

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज, कसले मार्ला बाजी ?

वि.सं.२०७५ असोज ३ बुधवार

720 

shares

३ असोज, काठमाडौँ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ :३० बजे खेल हुनेछ ।

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु

ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ । चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् । मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् ।

वि.सं.२०७५ असोज ३ बुधवार ०९:३४ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...