back
CTIZAN AD

ठुला आयोजनाहरुमा लगानी भित्र्याउने अर्थमन्त्रीको यस्तो छ ‘फर्मुला’

वि.सं.२०७५ असोज ३ बुधवार

729 

shares

३ असोज, काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले लगानी जुट्न नसकेका देशका ठूला विकास निर्माणका आयोजनामा लगानी जुटाउने काम भैरहेको जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले अर्थ मन्त्रालयले ठूला आयोजनाको लागि दातृ निकायबाट लगानी जुटाउन लागेको बताए ।
‘पूर्वपश्चिम राजमार्गका कुन–कुन ठाउँमा क–कसले लगानी गर्ने भए, रेलमार्गमा कस्ले लगानी गर्छ, ठूला जलविद्युत आयोजना र विमानस्थलमा कसले लगानी गर्दैछ भन्ने विषयमा म अर्को महिना बताउनेछु’, मन्त्री खतिवडाले भने, धेरै आयोजनामा कसले लगानी गर्ने भन्ने कुरा अन्तिम चरणमा पुगेको छ’ । यस्तै सरकारले बनाउन लागेका ६ सुरुङमार्ग निर्माणका लागि लगानी जुटिसकेको अर्थमन्त्रालयले जनाएको छ ।
प्हिचान भएका तर लगानी जुट्न नसकेका सबै ठूला आयोजनामा दातृ निकायसँगको सहयोग जुटाउने कुरा माथिल्लो चरणमा पुगिसकेको अर्थमन्त्रीको भनाई छ ।

सरकारको अहिलेको प्राथमिकता विदेशी सहायता र लगानी जुटाउनमा केन्द्रित रहेको मन्त्री खतिवडाको भनाई छ । यस्तै १ सय १ मेगावाट क्षमताको तामाकोशी पाँचौ परियोजनामा एसियाली विकास बैंकले १५ अर्ब लगानी गर्ने सहमति भईसकेको अर्थमन्त्रीले जानकारी दिए ।

 

वि.सं.२०७५ असोज ३ बुधवार ०९:३० मा प्रकाशित

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...