
६ असोज, काठमाडौं । सरकारले संघीय नेपालको प्रशासन हाँक्ने मुख्य कानुन अध्यादेश मार्फत ल्याउने रणनीति बनाएको छ ।
केही प्रशासकको स्वार्थपूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत संघीय निजामति सेवा कानुन ल्याउन लागिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
लामो समयदेखि तयारी अवस्थामा रहेको संघीय निजामति सेवा सम्बन्धी कानुन संसद् सकिए लगत्तै अध्यादेशमार्फत ल्याउन लागिएको हो । त्यसको लागि सरकारले बृहत् छलफल र संवादविनै अध्यादेश ल्याउने गृहकार्यलाई तिब्र पारेको पाइएको छ ।
वि.सं.२०७५ असोज ६ शनिवार ०७:५६ मा प्रकाशित




























