back
CTIZAN AD

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो

वि.सं.२०७५ असोज ६ शनिवार

540 

shares

६ असोज, नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन् ।

“मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ,” यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सञ्चालित टेलिभिजनलाई बताए । घटनाबारे थप अपडेट स्थानीय समय अनुसार शुक्रबार साँझ गरिने छ, उनले भने ।

अझै केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले अनवरत काम गरिरहेका छन् ।

एमभि नाइरेरे नामक डुङ्गाले कम्तीमा २०० यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यो डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या हो, उनले थपे ।

घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अण्डाकार संरचनामा करीब ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गर्छन् ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:५७ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...