back
CTIZAN AD

तीन प्रहरीको अपहरणपछि हत्या

वि.सं.२०७५ असोज ६ शनिवार

591 

shares

६ असोज, श्रीनगर, भारत ।  भारत प्रशासित काश्मिरमा लडाकूहरूले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको समाचारमा जनाइएको छ ।

दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ । दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन् ।

काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:५६ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...