back

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे अनुसन्धान गर्न निर्देशन

वि.सं.२०७५ असोज ६ शनिवार

405 

shares
GLOBAL IME AD
NTC AD

६ असोज, नयाँ दिल्ली, भारत ।  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्य भएको घटनाबारे अनुसन्धान शुरु गर्न निर्देशन दिइएको भारतीय अधिकारीले शुक्रबार बताएका छन् ।

मृतक सिंहमध्ये अधिकांश बच्चा रहेको अधिकारीले बताएका छन् । एउटा पोथी सिंहले बिषादीको प्रयोग गरी मारिएको बँदेल खाएका कारण मरेको थियो भने अन्य आठ वटा फोक्सो तथा कलेजोमा सङ्क्रमण भै मृत्यु भएको थियो ।

बिरामी बनेका तीन बच्चा (सिंह) एक आपसमा झगडा गर्ने क्रममा मरेका थिए भने अन्य तीन उपचारका क्रममा मरेका थिए ।

गुजरातका अधिकारीहरूले मृत सिंहलाई सङ्क्रमण र मृत्युको कारणबारे अनुसन्धान गर्न पशु अस्पताल पठाइएको छ ।

सामन्यतया मृत्युको कारण रोगको कारण सङ्क्रमण वा प्राकृतिक भएको जस्तो देखिएको स्थानीय वन विभाग कार्यालयका अधिकारी विजय चौधरीले बताए ।

सन् २००० मा उच्च सङ्कटको सूचीमा रहेका भनी सूचीकृत गरिएको थियो । भारतको गुजरातमा रहेको गिर राष्ट्रिय निकुञ्जको एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रफलमा मात्र सिंह पाइने गर्छन् । यो क्षेत्रलाई गुजरातको प्रमुख पर्यटकीय आकर्षणका रूपमा लिने गरिन्छ । तर पछिल्ला दिनहरूमा सिंहको चोरीशिकारी बढेको छ ।

विज्ञहरूले यतिधेरै सिंहको १० दिनभित्र मृत्यु हुनुलाई प्राकृतिक घटना भनेर नजरअन्दाज गर्न नहुने बताएका छन् ।

सिंहको सङ्क्रमणबारे रोकथामका लागि सिंहको बथानको गतिविधि तथा सम्भावित आहारविहारमाथि निगरानी राख्ने र समस्याको निराकरण गर्नुपर्ने वन्यजन्तु विज्ञ तथा वन्यजन्तु समितिका सदस्य प्रियव्रत गाधवीले बताए ।

सन् २०१५ मा गरिएको सिंह गणनामा एसियामा पाइने सिंहको सङ्ख्या ५२१ रहेको थियो । जसमध्ये सन् २०१६ मा १० वटा सिंहको बाढीले बगाएर मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:५५ मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...