back
CTIZAN AD

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे अनुसन्धान गर्न निर्देशन

वि.सं.२०७५ असोज ६ शनिवार

690 

shares

६ असोज, नयाँ दिल्ली, भारत ।  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्य भएको घटनाबारे अनुसन्धान शुरु गर्न निर्देशन दिइएको भारतीय अधिकारीले शुक्रबार बताएका छन् ।

मृतक सिंहमध्ये अधिकांश बच्चा रहेको अधिकारीले बताएका छन् । एउटा पोथी सिंहले बिषादीको प्रयोग गरी मारिएको बँदेल खाएका कारण मरेको थियो भने अन्य आठ वटा फोक्सो तथा कलेजोमा सङ्क्रमण भै मृत्यु भएको थियो ।

बिरामी बनेका तीन बच्चा (सिंह) एक आपसमा झगडा गर्ने क्रममा मरेका थिए भने अन्य तीन उपचारका क्रममा मरेका थिए ।

गुजरातका अधिकारीहरूले मृत सिंहलाई सङ्क्रमण र मृत्युको कारणबारे अनुसन्धान गर्न पशु अस्पताल पठाइएको छ ।

सामन्यतया मृत्युको कारण रोगको कारण सङ्क्रमण वा प्राकृतिक भएको जस्तो देखिएको स्थानीय वन विभाग कार्यालयका अधिकारी विजय चौधरीले बताए ।

सन् २००० मा उच्च सङ्कटको सूचीमा रहेका भनी सूचीकृत गरिएको थियो । भारतको गुजरातमा रहेको गिर राष्ट्रिय निकुञ्जको एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रफलमा मात्र सिंह पाइने गर्छन् । यो क्षेत्रलाई गुजरातको प्रमुख पर्यटकीय आकर्षणका रूपमा लिने गरिन्छ । तर पछिल्ला दिनहरूमा सिंहको चोरीशिकारी बढेको छ ।

विज्ञहरूले यतिधेरै सिंहको १० दिनभित्र मृत्यु हुनुलाई प्राकृतिक घटना भनेर नजरअन्दाज गर्न नहुने बताएका छन् ।

सिंहको सङ्क्रमणबारे रोकथामका लागि सिंहको बथानको गतिविधि तथा सम्भावित आहारविहारमाथि निगरानी राख्ने र समस्याको निराकरण गर्नुपर्ने वन्यजन्तु विज्ञ तथा वन्यजन्तु समितिका सदस्य प्रियव्रत गाधवीले बताए ।

सन् २०१५ मा गरिएको सिंह गणनामा एसियामा पाइने सिंहको सङ्ख्या ५२१ रहेको थियो । जसमध्ये सन् २०१६ मा १० वटा सिंहको बाढीले बगाएर मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:५५ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...