back
CTIZAN AD

अमेरिकामा गोली लागी नेपाली चेलीको मृत्यु अर्का नेपाली घाइते

वि.सं.२०७५ असोज ६ शनिवार

684 

shares

६ असोज, वाशिङ्टन, डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।

एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिएका थिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए ।

सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिनुहुँदै अमेरिकाको मूलधारको राजनीतिमा लाग्नुभएका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिएका छन् । पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् ।

वि.सं.२०७५ असोज ६ शनिवार ०९:४३ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...