back
CTIZAN AD

साझाले उपत्यकाका लागि थप तीस बस सञ्चालनमा ल्याउने

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

sajha

 काठमाडौँ । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेकाले दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार यी ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ ।

उपत्यकाबाहिर निरन्तर सेवा

पछिल्लो समय साझा यातायातले २०७० साल वैशाखदेखि उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको भएपनि दश वर्षपछि गत असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि आठ बस सञ्चालन सुरु गरेको छ ।

उक्त सेवाबाट यात्रुले निरन्तर सेवा पाउने पाण्डेले जानकारी दिनुभयो । अहिले काठमाडौँबाट गोरखा, बाग्लुङ, वीरगन्ज, भैरहवा र लुम्बिनीमा साझाले सेवा दिइरहेको छ । उपत्यकाबाहिर थप बस सञ्चालन गर्नका लागि रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...