back
CTIZAN AD

असुरक्षाका कारण भन्दै चारवर्षदेखि साङ्लोमा छन कार्की

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

984 

shares

गोपाल प्रसाद पोखरेल, ४ कात्तिक, पथरी (मोरङ) । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उहाँका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।

उहाँका बाबु दलबहादुरले भन्नुभयो, “हराउने डरले साङ्लोमा बाँधेर राखेका हाँै । दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उहाँ सुनाउनुहुन्छ । उहाँका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरुको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्नुहुन्छ, “बेचौँ कहाँ बस्ने रु”

छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उहाँमा जीवितै छ । तर ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उहाँ छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।”

श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो । के गर्ने, कसो गर्ने रु आफ्नो देहान्त भैहाले छोरोलाई कस्ले हेर्ने रु दलबहादुरलाई निक्कै पीर छ ।

दलबहादुर कार्की स्वयम् बिरामी हुनुहुन्छ । उहाँका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छै्रन । आफैँ अरूको सहारामा रुमलिने अवस्थामा हुनुहुन्छ । तर उहाँ भन्नुहुन्छ, “सकी नसकी छोराको स्याहार गर्दैछु ।” आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा सँगाल्नुभएको छ ।

कस्ले सहयोग गरिदिने रु महत्वपूर्ण प्रश्न बनेको छ जुन कुराले उहाँलाई मुटुमाथि ढुङ्गा राखी जिउन बाध्य बनाएको छ ।रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:५९ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...