Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

असुरक्षाका कारण भन्दै चारवर्षदेखि साङ्लोमा छन कार्की



गोपाल प्रसाद पोखरेल, ४ कात्तिक, पथरी (मोरङ) । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उहाँका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।

उहाँका बाबु दलबहादुरले भन्नुभयो, “हराउने डरले साङ्लोमा बाँधेर राखेका हाँै । दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उहाँ सुनाउनुहुन्छ । उहाँका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरुको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्नुहुन्छ, “बेचौँ कहाँ बस्ने रु”

छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उहाँमा जीवितै छ । तर ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उहाँ छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।”

श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो । के गर्ने, कसो गर्ने रु आफ्नो देहान्त भैहाले छोरोलाई कस्ले हेर्ने रु दलबहादुरलाई निक्कै पीर छ ।

दलबहादुर कार्की स्वयम् बिरामी हुनुहुन्छ । उहाँका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छै्रन । आफैँ अरूको सहारामा रुमलिने अवस्थामा हुनुहुन्छ । तर उहाँ भन्नुहुन्छ, “सकी नसकी छोराको स्याहार गर्दैछु ।” आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा सँगाल्नुभएको छ ।

कस्ले सहयोग गरिदिने रु महत्वपूर्ण प्रश्न बनेको छ जुन कुराले उहाँलाई मुटुमाथि ढुङ्गा राखी जिउन बाध्य बनाएको छ ।रासस


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण