back
CTIZAN AD

दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन – राष्ट्रसङ्घ

वि.सं.२०७५ असोज ७ आइतवार

585 

shares

७ असोज, पेरिस । विश्वका आधाभन्दा बढी मुलुकले सन २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन ।

अर्बुध रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरुबाट सन् २०१६ मा मात्र ३० देखि ७० वर्ष उमेरका एक करोड २५ लाख जनाको मृत्यु भएको थियो ।

“धेरै प्रतिबद्धता व्यक्त गरिए, तर अधिकांश मुलुकले त्यो लक्ष्य पूरा गर्ने छाँट देखिँदैन,” पब्लिक हेल्थ स्कुल लन्डनका प्राध्यापक एवं अनुसन्धानका मुख्य लेखक माजिद इज्जाटीले बताए ।

सन २०१५ मा जारी राष्ट्रसङ्घीय दिगो विकासको लक्ष्य ३.४ पूरा गर्नेतर्फ सही मार्गमा रहेका मुलुकहरु केबल ३५ वटा छन ।

“विदेशी दाता र सरकारहरुले नसर्ने रोगहरुबाट हुने मृत्युलाई न्यून गर्नेतर्फ ज्यादै कम मात्र ध्यान दिएका छन,” इज्जाटीले भने । “तैपनि राम्रो समाचार के छ भने अधिकांश मुलुकहरु कमसेकम सही दिशातर्फ अग्रसर भइरहेका छन ।”

तर करिब २० वटा मुलुक ज्यादै पछि परेका छन् वा अरु खस्केको अवस्थामा छन ।

धनी राष्ट्रले पनि राम्रो गर्न सकेका छैनन । संयुक्तराज्य अमेरिकाको नसर्ने रोगको उपचारमा पर्याप्त प्रगति हुन सकेको छैन ।

गत वर्ष निकै चर्चामा रहेको अमेरिकन जर्नल अफ पब्लिक हेल्थले अल्पायूमै हुने मृत्यु खासगरी गोरा, ग्रामीण क्षेत्रका अमेरिकीमा बढी देखिएको उल्लेख गरेको थियो । “कमजोर जनस्वास्थ्य, कमजोर स्वास्थ्य स्याहार प्रणाली, उच्च असमानताले समस्यालाई अझ विकराल बनाउँछ,” इज्जाटीले भने ।

विश्वमा हरेक वर्ष नसर्ने किसिमका रोगबाट सबै उमेर समूहका चार करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ । मृत्यु हुने दश जनामध्ये सात जनाको मृत्युको कारण नै यिनै नसर्ने रोगहरु हुन ।

यीमध्ये पनि करिब एक करोड ७० लाखको मृत्यु “अल्पायू”मा हुने गर्दछ, अर्थात ७० वर्ष पुग्नुअगावै । “हामीहरु निद्रामै हिँडिरहेका छौं, र नसर्ने रोगका सम्बन्धमा खासै प्रगति हुन सकेको छैन,” एनसीडी एलायन्सकी क्याटी डेनले बताए ।

न्यूयोर्कमा अर्को साता हुन लागेको राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा ल्यान्सेटमा प्रकाशित “एनसीडी काउन्टडाउन २०३०” प्रतिवेदनले सरकार र दातृ निकायहरुलाई जवाफदेही बनाउन मद्दत गर्ने क्याटीले जानकारी दिए ।

इज्जाटीले राष्ट्रसङ्घीय लक्ष्य नै ज्यादै बढी राखिएको भन्ने भनाइ अस्वीकार गरे । उनले भने, “विश्वका ३० वटा मुलुक त सही मार्गमा छन, र अर्को ४० वा ५० वटा मुलुक लक्ष्यको निकै नजिक छन ।”

न्यून रक्तचाप, राम्रो स्वास्थ्य उपचार सेवा, असमानताको स्तरमा न्यूनता, सूर्ती सेवनमा कमी जस्ता केही सूचकमा राष्ट्रसङ्घीय लक्ष्य अनुरुप मुलुकहरुले पर्याप्त काम गर्न नसकेको अवस्थामा नसर्ने रोगबाट हुने मृत्युमा कमी ल्याउन कठिन हुन्छ, उनले भने ।

चारवटा मुलुकहरु दक्षिण कोरिया, जापान, स्वीट्जरल्यान्ड र अस्ट्रेलियाले मात्र पुरुष र महिला दुबैमा एनसीडी (नसर्ने रोग) मृत्युदरमा सबैभन्दा कमी ल्याएका छन ।

स्पेन, सिंगापुर, पोर्चुगल, इटाली, फिनल्यान्ड र फ्रान्सले महिलाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएका छन । पुरुषहरुका हकमा भने आइसल्यान्ड, स्वीडेन, नर्वे, बहराइन, क्यानडा र न्यूजील्यान्डले राम्रो प्रगति गरेका छन । संयुक्तराज्य अमेरिका पुरुषतर्फ ५३ औं र महिलातर्फ ४४ औं स्थानमा छ । चीनमा महिला र पुरुष क्रमशः ८० औं र ७६ औं स्थानमा छन ।

चीनले लक्ष्य भेट्टाउने सम्भावना देखिन्न तर यसको एनसीडी दरमा कमी आइरहेको छ । तथापी, चीनमा मोटोपना र उच्च रक्तचापको अवस्थामा उच्च वृद्धि हुन थालेको अध्ययनले देखाएको छ ।

चीनमा सूर्ती सेवनमा विगतको तुलनामा वृद्धि भएको छैन । चीनमा हरेक वर्ष सूर्ती सेवनकै कारण १० लाखभन्दा बढीको ज्यान गइरहेको छ । “चीनमा मदिरा र सूर्ती उद्योगहरु सरकारी नियन्त्रणमा रहेकाले यी दुबैको उत्पादन र वितरणमा नियन्त्रणात्मक उपाय अवलम्बन गरेमा चीनले जनस्वास्थ्यका क्षेत्रमा ठूलो फड्को मार्न सक्दछ,” इज्जाटीले भने ।

उप–सहारा अफ्रिकी मुलुकहरुमा नसर्ने रोगहरुबाट मृत्यु हुनेको संख्या कमै देखिएको छ । तर यहाँ एड्स र क्षयरोगजस्ता सङ्क्रामक रोगले धेरैको ज्यान लिने गरेको छ ।

इज्जाटीले भने, “हामीले दातृ निकायलाई भन्नुपर्ने एउटै कुरा छ ः एउटा एउटा रोगमा केन्द्रित हुने होइन समग्र स्वास्थ्य प्रणालीमा ध्यान दिनुहोस ।”

वि.सं.२०७५ असोज ७ आइतवार १४:२३ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...