back
CTIZAN AD

पप्पुको बचाउमा ठेकेदार सांसद

वि.सं.२०७५ असोज ११ बिहीवार

675 

shares

११ असोज, काठमाडौँ । संसद्को विकास तथा प्रविधि समितिले नजिकिँदो चाडबाडका सन्दर्भमा यातायात व्यवस्थापन सम्बन्धमा भइरहेका कार्य र समस्याका विषयमा छलफल गर्न बुधबार बैठक गरेको थियो । बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद रौनियार (पप्पु कन्स्ट्रक्सनका सञ्चालक) बैठकका एजेन्डाबाहिर गएर गर्जन थाले । उनको उद्देश्य थियो पप्पुलाई बचाउने ।

विशेष समय लिएर बोल्दै उनले नामै लिएर केही सांसदले किटान गरेर आफू बिरुद्ध अभिव्यक्ति दिएको भन्दै आपित्त जनाए । उनले भने, ‘कुनै कम्पनी र त्यसले गरेका काम कारबाहीका सम्बन्धमा कुरा उठाउनु सामान्य हो । त्यसमा मेरो पनि आपत्ति हुन सक्दैन । तर कुनै एउटा खास पार्टीको माननीयले यो समितिमा हरिनारायण रौनियार सदस्य हुनु हुँदैन भन्नु अनुचित हो ।’ उनलाई समितिका दुई जना सांसद बहादुरसिंह लामा र जिपछिरिङ लामाले पनि साथ दिएका थिए । उनीहरू पनि ठेकेदार सांसद नै हुन्। सांसद बहादुरसिंह लामाले रौनियारले पप्पु कन्स्ट्रक्सनको बचाउचमा अभिव्यक्ति दिन पाउनुपर्ने धारणा राखे। यस्तै अर्का सांसद जिपछिरिङ लामाले ठेकापट्टाको विषयमा बोल्न सभापतिसँग समय माग गरेका थिए । तर, त्यस विषयमा बोल्न उनलाई दिइएन । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०८:०१ मा प्रकाशित

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...