back
CTIZAN AD

भूकम्प पीडितको गुनासो–‘ अनुदानको ५० हजार घर भत्काउँदै सकियो’

वि.सं.२०७५ असोज ११ बिहीवार

537 

shares
photo: milan adhikari

बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माण सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी पीडितले यस्तो बताएका हुन् ।

उनीहरुले पहिलो किस्तास्वरुप लगेको अनुदान रकम घर पन्छाउँदै सकिएको बताउँदै घर निर्माण नगर्ने पीडितसँग रु ५० हजार असुल्ने धम्की आउन थालेपछि चिन्ता बढेको बताएका छन् ।

सिपाडोलका श्यामबाबु अधिकारीले पहिलो किस्तास्वरुप लिएको रकममध्ये रु ४० हजार भत्किएको घर पछाउँदै सकिएको बताए । उनले भने, “२०७२ वैशाख १२ को भूकम्पले मेरो घर भत्कियो, माथिको सबै भत्किए पनि तल टालटुल गरेर बसेका थियौँ, त्यो पनि यो वर्षामा पानी चुहिएर भत्कियो, अनुदानमा पाएको पहिलो किस्तास्वरुपको रु ५० हजारमध्ये रु ४० हजार घर पन्छाउँदै सकियो, सरकार अब घर कसरी बनाउँ”, भनी प्रश्न गरे ।

सिपाडोलकै मिश्री नेपालीको समस्या पनि उस्तै छ । अन्यत्र घडेरी कतै छैन, मापदण्ड पु¥याएर घर बनाउँदा घर बन्दैन, नक्सा पास हुँदैन, बास उखेलिनुभन्दा बनाउँछु भनेर एक तलाको घर त बनाइन तर नक्सा पास नहुँदा दोस्रो किस्ता लिन नपाएको बताउँछीन् ।

सिपाडोल आशापुरीका रामबहादुर तामाङले पहिलो किस्ता लिएको महिनौँ बित्दा पनि दोस्रो किस्ता नआएको गुनासो गरे । उनले भने, “प्राविधिक टोलीले पनि हेरिसक्यो, प्रक्रिया पनि पुगिसक्यो, सँगै फाइल गएकाको दोस्रो किस्ता आयो, मेरो भने अझै आएन, कस्तो अन्योल भयो ।”

अर्का भूकम्पपीडित श्यामकृष्ण हाकुदुवाले भूकम्प गएको तीन महिनामै नयाँ घर बनाए । त्यतिखेरसम्म नयाँ मापदण्ड नआएकाले पुरानै मापदण्डअनुसार ९–१२ को पिलर उठाएर दुई तला घर बनाएकै कारण अनुदान नपाएको उहाँको गुनासो छ ।

स्थानीय नानी नेपालीको भनाइ पनि उस्तै छ । भूकम्पपछि वाल सिस्टममा एक तला घर बनाए पनि नगरपालिकाबाट नक्सा पास नहुँदा अनुदान रकम पाउँनबाट बञ्चित हुनुपरेको उनले बताइन् ।

लक्ष्मी नेपालीको समस्या पनि उस्तै नै छ । उनी भन्छिन् “पहिलो किस्ता रु ५० हजार लिएँ, तर जग्गामा मोही तल्छिन् भएकै कारण नक्सा पास भएन र घर बनाउन पाइन ।”

सूर्यविनायक नगरपालिका– ८ का वडाध्यक्ष किरण थापाले यहाँका सुकुम्बासी अलपत्र परेका, केही अनुदानका लागि सम्झौता भए पनि रकम नआएको बताउँदै शुरुमा जनप्रतिनिधि नहुँदा अनुदान लिनेबारे थाहा नपाउँदा धेरै पीडितले समस्या भोग्दै आएको बताए ।

उनले जनप्रतिनिधि आएपछि भूकम्पपीडितको समस्या समाधानका लागि सक्दो पहल गरेको बताउँदै आशापुरी, नैचाल, पार्टी भञ्ज्याङ लगायतका क्षेत्रमा ९० प्रतिशत भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर बनाइसकेको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य अजय तामाङले गुनासो फाराम भरेकाको अझै पनि जवाफ नआएको, छुटमा पुनःसर्वेक्षणका लागि फाराम भरेकाले दैनिक के भयो भनेर सोध्ने गरेको बताउँछन् । बैंकले समयमै पैसा नपठाउँदा पनि समस्या आएको उनको भनाइ छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका सामाजिक विकास विशेषज्ञ हेरम्ब अधिकारीले मङ्सिर मसान्तसम्म गुनासो फाराम भरेकाको छिटो रकम आउने बताए । उनले चित्त नबुझेका र छुटमा परेकाले पुनरावेदन गर्न पाउने व्यवस्था गरेको बताउँदै ३० प्रतिशतभन्दा बढीले घर नबनाएको अवस्थामा निर्धारित समयमा घर बनाउनुपर्ने रकम लगेर घर नबनाएकाले रु ५० हजार फिर्ता गर्नुपर्ने बताए ।

प्राविधिक मनिषा सुवालले सबै प्रक्रिया पु¥याएर जिल्लामा फाइल पठाए पनि तीन महिनासम्म पैसा नआउने गरेको र बैंकले पटकपटक पैसा आएको छैन भनेर फर्काउने गर्दा पीडित थप पीडामा परेको धारणा व्यक्त गरे ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०९:१५ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...