back

चालू आर्थिक वर्षमा साढे पाँच प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

वि.सं.२०७५ असोज ११ बिहीवार

255 

shares

 

११ असोज, काठमाडौँ । एशियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको तार्गेट गरिरहेको बेला एडीबीले आर्थिक वृद्धि ५.५ प्रतिशतमा सिमित हुने अनुमान गरेको हो ।
एडीबीले बुधबार नेपालको वृहत आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धि अघिल्लो वर्षको भन्दा घट्ने अनुमान गरेको हो । यो वृद्धि विगत १० वर्षको वार्षिक औसत ४.३ प्रतिशत भन्दा उल्लेख्य रुपमा बढी हो । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचन पछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले भरथेग गर्नेछ ।

सामान्यतःजेठदेखि भदौसम्म रहने मनसुन यस आर्थिक वर्षमा सामान्य रहेको छ । समयमानै र सबैतिर समान रूपमा भएको वर्षाका कारण ९५ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ हुने तथ्य सार्वजनिक भएको छ । सरकारले विकास आयोजनाहरुको नजिकबाट अनुगमन गर्ने र कार्यान्वयनमा तीव्रता दिने प्रयास गरिरहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र पुरा हुने अनुमान गरिएको छ ।

राष्ट्रिय प्रसारणलाइनमा यसबाट थप हुने यो विद्युत्ले नेपाललाई वर्षा याममा भारतबाट विद्युत् आयातको निर्भरता कम गर्न सहयोग गर्नेछ । विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण आव २०७५÷०७६ मा औद्योगिक क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि हुने अनुमान एडीबीको छ । जुन अघिल्लो वर्षको ८.८ प्रतिशत भन्दा कम हो ।

२०७५ जेठ १५ देखि लोडसेडिङको अन्त्य भएसँगै उत्पादनमूलक उपक्षेत्रले राम्रो गर्ने अपेक्षा गरिएको छ । सेवा क्षेत्र आव २०७४÷७५ को ६.६ प्रतिशत वृद्धिको तुलनामा आव २०७५÷७६ मा ६.१ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । आव २०७४÷७५ मा जस्तै आव २०७५÷७६ माथोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गतिलिने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष ०७४÷०७५ मा नेपालको अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार भएको थियो । एडीबीले नेपालको आर्थिक परिदृष्य सार्वजनिक गर्दै गत वर्ष ५.९ प्रतिशत आर्थिक वृद्धि भएको जानकारी दिएको हो । गत वर्ष सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो ।

अघिल्लो वर्ष कृषि क्षेत्रको उच्च योगदान सहित ७.४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउनरभदौमाआएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धिमा कमी आएको एडीबीको ठहर छ । अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५.२ प्रतिशत रहेकोमा आव २०७४÷७५ मा २.८ प्रतिशतले मात्र वृद्धि भएको छ । औद्योगिक क्षेत्रको वृद्धि पनि अघिल्लो वर्षको १२.४ प्रतिशतबाट झरेर आव २०७४÷०७५ मा ८.८ प्रतिशतले विस्तार भएको एडीबीले जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १०:२५ मा प्रकाशित

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...