back
CTIZAN AD

आफ्ना भावनाहरु कोकसँग साट्न ‘मन खोलौ कोकसँग’ योजना सार्वजनिक

वि.सं.२०७५ असोज ११ बिहीवार

732 

shares

११ असोज, काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय भनेको हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको भनिएको छ ।

यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको कम्पनीले बताएको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ ।

यी लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अबसर प्रदान गरेको कम्पनीले बताएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले यो वर्ष कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गरेको छ ।

कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘दसैं विषेश क्याम्पियन घोषणा गर्न पाउँदा ज्यादै खुसि भएको छु । यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।

सैंयौ सम्बन्धका कयौ भावना यो एउटा ट्याग लाईनमात्र नभई यो आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका हो जसले सम्बन्धहरुलाई अझ मजबुत बनाउन सक्छ ।’

क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।

कुटुम्बका ब्याण्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधै खुसि रहेकोमा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रकालागि, तिमी छौ हाँसो छ जस्ता लेवल भएका कोक बाँडेका थिए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १०:०९ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...