back

आफ्ना भावनाहरु कोकसँग साट्न ‘मन खोलौ कोकसँग’ योजना सार्वजनिक

वि.सं.२०७५ असोज ११ बिहीवार

348 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय भनेको हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको भनिएको छ ।

यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको कम्पनीले बताएको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ ।

यी लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अबसर प्रदान गरेको कम्पनीले बताएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले यो वर्ष कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गरेको छ ।

कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘दसैं विषेश क्याम्पियन घोषणा गर्न पाउँदा ज्यादै खुसि भएको छु । यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।

सैंयौ सम्बन्धका कयौ भावना यो एउटा ट्याग लाईनमात्र नभई यो आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका हो जसले सम्बन्धहरुलाई अझ मजबुत बनाउन सक्छ ।’

क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।

कुटुम्बका ब्याण्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधै खुसि रहेकोमा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रकालागि, तिमी छौ हाँसो छ जस्ता लेवल भएका कोक बाँडेका थिए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १०:०९ मा प्रकाशित

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले...

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने

काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक...

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...