११ असोज, काठमाडौँ । साना नानीहरुमा अन्तर्निहित क्षमतालाई प्रष्फुटित गराउने उद्देस्यले ‘मिस्टर एण्ड मिस किड – २०१८’ को ग्राण्ड फाइनल असोज १४ गते आयोजना गरिने भएकोछ । विगत एक महिना देखिको लामो छनौट र बिभिन्न प्रकृया पार गरेर अन्तिम चरणमा पुगेका १८ जना ८ देखि १४ बर्ष बिचका नानीहरुले उक्त दिन आफ्नो क्षमता प्रदर्शन आयोजना गर्ने आयोजक संस्थाले जनाएकोछ ।
आयोजक संस्था सनसाइन प्रोडक्सन प्रालिका एम.जी. तामाङका अनुसार १ सय जना बालबालिकाहरुले भाग लिएको उक्त प्रतिस्पर्धामा १८ जना नानीबाबुहरुले फाइनलको यात्रा तय गरेकाछन । ग्राण्ड फिनालीका कार्यक्रम प्रस्तोता समेत रहेका तामाङ आयोजक संस्थाले निस्पक्ष रुपमा आफ्नो भूमिका निर्बाह गर्ने बताएकाछन ।
बिगतमा यस्ता कार्यक्रमहरुमा पैसाको लेनदेन समेत हुने गरेको आरोप लाग्ने गरेको थियो । संसार न्यूजको यहि आसङ्का निवारण गर्ने प्रयत्न गर्दै तामाङले आफ्नो संस्थाले त्यस्तो नगर्ने बताएका छन ।
उनै तामाङसंग गरिएको कुराकानी
वि.सं.२०७५ असोज ११ बिहीवार १६:५९ मा प्रकाशित






























