होसियार ए चराहरु,जंगलमा, शिकारी पसेकोछ ।।
नछोड्नुस् नानीहरु, बस्तिमा, बलत्कारी पसेकोछ ।
मान्छेहरु मान्छे रहेनन यहाँ, मरेर गयो मानबता
चनाखो बनौ घर,आगनमा,आतंककारी पसेकोछ ।।
पल भरमै तहस नहस, बनाएर फुलको बगान
सुनामी र भुकम्प जस्तै,बीनाशकारी पसेकोछ ।।
देखायर अनेक लालच,मुनाहरु चुडी हीड्ने
मान्छे भीत्र डरलाग्दो,सडयन्त्रकारी पसेकोछ ।।
माग्नेहरुले लाजै नमानी,यसरी पनी माग्न थाले
बास माग्दै मनभीत्र, अचम्मको, भिकारी पसेकोछ ।।
होसियार ए चराहरु,जंगलमा,शिकारी पसेकोछ ।।
नछोड्नुस् नानीहरु,बस्तिमा,बलत्कारी पसेकोछ ।।
वि.सं.२०७५ असोज ११ बिहीवार १७:२१ मा प्रकाशित





























