
१२ असोज, काठमाडौं । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा यात्रामा समस्या हुने भएको छ ।
विभागले दसैंमा गाडी अभाव हुने संकेत गरेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
विभागका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्ययाले फूलपातीपछि बढ्ने यात्रुका चाप थेग्न समस्या पर्ने बताए । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपाती अघि नै घरजान यात्रुलाई आग्रह गरेका छन् ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:३० मा प्रकाशित