back
CTIZAN AD

मदिरा कार्डले गाउँमा शान्ति

वि.सं.२०७५ असोज १२ शुक्रवार

678 

shares

१२ असोज, बाजुरा । बाजुराको गौमुल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएका विषयलाई लिएर समाजिक सञ्जालमा व्यापक व्यंग गरियो ।

गाउापालिकाले बनाएको ‘मदिरा सेवन परिचयपत्र’ लाई सेयर गर्दै सामाजिक सञ्जालमा सो कार्यको हुर्मत लिइयो । तर, सो गाउँपलिकाको यस कदमले स्थानीयस्तरमा छोटो समयमा नै प्रसंसा पाउन थालेको छ ।

‘मदिरा सेवन परिचयपत्र’ लागू गरेपछि गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । झैझगडालगायका सामाजिक अपराधका घटनामा निकै कमि महसुस गर्न थालेका छन् । ‘गाउँमा विगतमा जति पनि झैझगडा र कुटपिटका घटना हुने गरेका थिए, न्यायिक समितिमा आउने हरेक मुद्दामा पछाडि मदिराको कारण जोडिन्थ्यो ।

परिचयपत्र वितरणपछि न्यायिक समितिमा आउने मुद्दाको संख्या पनि ह्वात्तै घटेको छ,’ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीता थापाले भनिन् । आजको राजधानी दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:२९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...