back
CTIZAN AD

एडीबीद्वारा १३ अर्ब ऋण स्वीकृत, खानेपानी योजनामा रकम प्रयोग गरिने

वि.सं.२०७५ असोज १२ शुक्रवार

780 

shares

१२, असोज काठमाडौँ । एसियाली विकास बैंकले २० वटा नगरपालिकामा खानेपानी व्यवस्थापन र सरसफाइमा पहुँच र्पुयाउन १३ अर्ब९१३ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको एडीबीको बोर्ड बैठकले यो ऋण सहायता स्वीकृत गरेको एडीबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समुदायद्वारा व्यवस्थापन हुने पानी वितरण र सरसफाइका लागि यो ऋण स्वीकृत गरिएको हो । सन् २०१६ को तथ्यांकअनुसार नेपालमा वितरण भएका ३४ प्रतिशत पानी मात्रै सुरक्षित रहेको र १५ प्रतिशत मात्रै राष्ट्रिय पानी गुणस्तरसम्बन्धी मापदण्डअनुरूप रहेको एडीबीले जनाएको छ । सन् २००० यता एडीबीले सरकारलाई पानी र सरसफाइमा पहुँच र्पुयाउने उद्देश्यले सहयोग गर्दै आएको छ ।

यो ऋण रकमले १ हजार ६ सय किलोमिटर पानी वितरण पाइप मर्मत वा जडानका लागि र १५ वटा पानी प्रशोधन केन्द्र निर्माणमा प्रयोग हुनेछ । यस्ता प्रशोधन केन्द्रको क्षमता दैनिक ६ लाख लिटर पानी प्रशोधन हुने छ ।

यो पूर्वाधारले ६६ हजार परिवारलाई लाभ पुग्ने एडीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो रकमबाट ८ हजार शौचालय निर्माण हुनेछन् । तीमध्ये २० वटा सर्वाजनिक शौचालय अपांगता भएका व्यक्तिसहित सबैको पहुँचमा हुने गरी निर्माण गरिने बताइएको छ ।

यीबाहेक २ वटा फोहोर पानी प्रशोधन केन्द्र र ३० किलोमिटर ढल निर्माण हुने एडीबीले जनाएको छ । यो ऋण रकमबाट सञ्चालन हुने हरेक परियोजनामा समुदाय र सरकारले ३० प्रतिशत रकम योगदान गर्नुपर्नेछ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०८:३५ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...