back
CTIZAN AD

अख्तियार प्रमुखलाई महाअभियोग लगाउनेबारे काँग्रेससँग कुनै दलले छलफल गरेको छैन : साउद

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

957 

shares

४ कात्तिक,काठमाडौँ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनेबारे नेपाली काँग्रेससँग कुनै दलले छलफल नगरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता साउदले कार्कीलाई अभियोग लगाउने वा नलगाउने भन्नेबारे आजदेखि बस्ने केन्द्रीय समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले कानुनलाई ठाडो चुनौती दिई पूर्वाग्रही तरिकाले कार्की चलेकाले उहाँमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो ।

ज्ञवालीले कार्कीको नियुक्ति नै उपयुक्त नभएको जनाउँदै एमालेले सुरुदेखि नै आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्कीमाथि लगाइएको महाअभियोगका सन्दर्भमा नेकपा (एमाले)को पूर्ण साथ र समर्थन रहन्छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता एवम् महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले कार्कीले सञ्चालन गरेका हरेक कदम राष्ट्रको हकविपरीत रहेकाले उहाँमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताउनुभयो । “कार्कीले भ्रष्टाचारलाई नियन्त्रणभन्दा प्रश्रय दिएको, आफूविरुद्ध लाग्ने व्यक्तिलाई कारबाही गरेको, जिम्मेवारीबोधलाई बेवास्ता गरेको, अनुशासन समितिले बोलाउँदा बिरामी परेको भन्ने तर विभिन्न कार्यक्रममा जाने, पदीय इमान्दारीलाई उल्लङ्घन गरेको जस्ता कारणले हटाउन लागेका हौँ ”–शाहीले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरीले भ्रष्टाचारलाई नियन्त्रण गर्न आयोग बलियो हुनुपर्ने बताउँदै आयोग व्यक्तिगत स्वार्थभन्दा देशको हितमा काम गर्नुपर्ने बताउनुभयो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राजनीतिक दलका नेताहरुले महाअभियोग लगाउनेबारे सोच्नुभन्दा संविधान कार्यान्वयन गरी मुलुकलाई समाधान दिने बाटालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १२:४७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...