back
CTIZAN AD

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

वि.सं.२०७५ असोज १५ सोमवार

705 

shares

The first female president of Federal Republic of Nepal.१५ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औंल्याएकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा २८ औं ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिने बताइन् । उनले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन् ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधान जारी भएपछि तीनै तहको निर्वाचनबाट राजनीतिक स्थिरता आएको हुँदा अब यसलाई अवसरका रुपमा लिई सबै मिलेर देश विकास गर्नुपर्ने बताइन् ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा गर्न आग्रह गरे ।
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले ज्येष्ठ नागरिकले आफ्नो हातखुट्टा चलेसम्म आफ्ना ज्ञान र सीपलाई उपयोगमा ल्याइरहनु पर्ने बताए । नागरिक अगुवा डा गौरीशङ्करलाल दास प्रधानले आफ्ना ज्ञान, सीप र अनुभवलाई उपयोगमा ल्याउन सरकारसँग आग्रह गरेका थिए ।

महिला मन्त्रालयका सहसचिव वीरबहादुर राईले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनका क्रममा रहेको जानकारी दिए । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने छ । पछिल्लो तथ्याङ्कानुसार नेपालमा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या करीब २५ लाख छ ।

वि.सं.२०७५ असोज १५ सोमवार १९:११ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...