back

पतञ्जिल योग समिति फुट्यो

वि.सं.२०७५ असोज १६ मंगलवार

570 

shares
GLOBAL IME AD
NTC AD

भक्तपुर, १६ असोज । राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको भन्दै पतञ्जलि योग समिति परित्याग गर्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पतञ्जलि योग समिति त्यागेर पातञ्जल योग समिति नेपाल गठन भएको घोषणा गरिएको छ ।

पतञ्जलि योग समितिमा संलग्न रहेर त्यागेका ठूलो समूहको सहभागितामा पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी पातञ्जल योग समितिको केन्द्रीय तथा जिल्ला समिति गठन गरिएको बताए ।

पत्रकार सम्मेलनमा उनले भने, “पतञ्जलि योग समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरी काम गरिरहेको छ, पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिर्नुपर्छ, भारतीय झण्डा, लोगो र ब्यानर बोक्नुपर्छ, नेपालीबाट आजीवन सदस्य बनाएको करोडौँ रुपैयाँ भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक छ ।”

कार्यक्रममा योगगुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जलि योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट शुरु भएको बताए । उनले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र ब्यानर प्रयोग भइरहेको भन्दै अब त्यसलाई विस्थापित गर्दै नेपालको झण्डा, लोगो र ब्यानरको प्रयोग गरिने बताए ।

पत्रकार सम्मेलनमा सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति नेपालको नवगठिन कार्यसमितको नाम सार्वजनिक गरिएको छ । त्यसैगरी योगप्रसाद आचार्यको अध्यक्षतामा भक्तपुर जिल्ला समिति गठन गरिएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार २०:१४ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...