back
CTIZAN AD

पतञ्जिल योग समिति फुट्यो

वि.सं.२०७५ असोज १६ मंगलवार

1.2K 

shares

भक्तपुर, १६ असोज । राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको भन्दै पतञ्जलि योग समिति परित्याग गर्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पतञ्जलि योग समिति त्यागेर पातञ्जल योग समिति नेपाल गठन भएको घोषणा गरिएको छ ।

पतञ्जलि योग समितिमा संलग्न रहेर त्यागेका ठूलो समूहको सहभागितामा पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी पातञ्जल योग समितिको केन्द्रीय तथा जिल्ला समिति गठन गरिएको बताए ।

पत्रकार सम्मेलनमा उनले भने, “पतञ्जलि योग समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरी काम गरिरहेको छ, पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिर्नुपर्छ, भारतीय झण्डा, लोगो र ब्यानर बोक्नुपर्छ, नेपालीबाट आजीवन सदस्य बनाएको करोडौँ रुपैयाँ भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक छ ।”

कार्यक्रममा योगगुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जलि योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट शुरु भएको बताए । उनले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र ब्यानर प्रयोग भइरहेको भन्दै अब त्यसलाई विस्थापित गर्दै नेपालको झण्डा, लोगो र ब्यानरको प्रयोग गरिने बताए ।

पत्रकार सम्मेलनमा सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति नेपालको नवगठिन कार्यसमितको नाम सार्वजनिक गरिएको छ । त्यसैगरी योगप्रसाद आचार्यको अध्यक्षतामा भक्तपुर जिल्ला समिति गठन गरिएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार २०:१४ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...