back
CTIZAN AD

टी–ट्वान्टी विश्वकप एसिया छनोट: १२ वर्ष अघिको नतिजा दोहोर्याउने दाउमा नेपाल

वि.सं.२०७५ असोज १७ बुधवार

741 

shares

 

१७ असोज, काठमाडौँ । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार १२ बजेर १५ मा सुरु हुनेछ ।
तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्धी म्यानमारलाई पराजित गर्दै नेपाल सुखद सुरुवात गर्ने दाउमा रहेको छ । नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा खेलेको थियो । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । त्यतिबेला नेपालले चमत्कारिक प्रदर्शन गर्दै म्यानमारलाई १० रनमा नै अलआउट गर्न सफल भएको थियो । ११ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले मात्र २ बलमा खेल जितेको थियो । उक्त खेलमा मेहबुब आलमले चामत्कारिक प्रदर्शन गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएका थिए । उक्त खेलमा नेपालले ईतिहास रचेको थियो । म्यान्मार नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर भएको कारण पनि नेपालको सुरुआत सुखद हुने अपेक्षा गरिएको छ । यद्धपि म्यान्मारले पनि नेपाललाई रोकेर अघि बढ्न सक्ने कुरालाई नकार्न भने सकिदैन् ।

छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

वि.सं.२०७५ असोज १७ बुधवार ०९:०३ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...