back

आज राति देखि खुल्दै डिभी, यसरी भर्नुहोस फारम

वि.सं.२०७५ असोज १७ बुधवार

318 

shares
GLOBAL IME AD
NTC AD

 

१७ असोज, काठमाडौँ । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम आज रातिदेखि आवेदन खुला हुने भएको छ ।

आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने जनाएको छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन बुझाउन सबैमा आग्रह गरेको छ ।

डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले www.dvlottery.state.gov  मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ ।

यस्तै एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

वि.सं.२०७५ असोज १७ बुधवार ०९:३२ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...