१७ असोज,काठमाडौँ । राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको छ ।
वि.सं.२०७५ असोज १७ बुधवार ०९:४९ मा प्रकाशित