back

लघुवित्तले पनि विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउने

वि.सं.२०७५ असोज १७ बुधवार

369 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थालाई पनि विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न दिने भएको छ ।

यस्तो सेवा १० करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले मात्र दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

कम्तीमा २० वटा शाखा कार्यलय सञ्चालनमा रहेको, कम्तीमा २० हजार ग्राहकसँग कर्जार बचत कारोबार गरेको, राष्ट्र बैंकमा पेश गर्नुपर्ने विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धता गरेको र सुचना प्रणाली भरपर्दे प्रविधि भएको लघुवित्तले विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउनेछन् ।

यस्तो सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनीले राष्ट्र बैंकसँग अनुमति माग्नुपर्नेछ ।

सेवा सञ्चालन गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, कार्डहोल्डरको सुरक्षाको प्रत्याभूति गरेको हुनुपर्ने, इन्टरनेट सेवा प्रदायक संस्थासँग सेवा प्रदानका लागि सम्झौता गरेको हुनुपर्ने लगायतका विषय निवदेनसँगै राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

लघुवित्तले भुक्तानी सेवा प्रदान गर्दा कारोबार पश्चात एसएमएस अलर्ट प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार १०:०१ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...