back
CTIZAN AD

एनआरएनए आयरल्याण्डको लिम्रिक क्षेत्रिय समिति गठन

वि.सं.२०७५ असोज १७ बुधवार

840 

shares

आयरल्याण्ड । गैरआवासीय नेपाली संघ आयरल्याण्ड अन्तर्गत क्षेत्रिय समिति लिम्रिक गठन गरिएको छ ।
उक्त नबगठित क्षेत्रिय समिति लिम्रिकको अध्यक्षमा डम्बर गौतम सर्बसम्मत चयन भएका छन् । उपाध्यक्षमा अमृत न्यौपाने, महासचिबमा बिजय बुढाथोकी, सचिबमा मदन तिमल्सिना, महिला संयोजकमा प्रजया न्यौपाने, कोषाध्यक्षमा सृजना बस्नेत, सहकोषाध्यक्षमा प्रेम सापकोटा र सदस्यहरुमा बुद्ध लामा, रमाकान्त चौधरी, महेश शर्मा पौडेल र बाबु कृष्ण खतिवडा सर्बसम्मत चयन भएको क्षेत्रिय संयोजक मुकेश घिमिरेले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ आयरल्याण्डले क्षेत्रीय बैठकको सिलसिलामा उक्त क्षेत्रीय समिति लिम्रिकको गठन गरिएको हो । लिम्रिक क्षेत्रीय संयोजक मुकेश घिमिरे तथा गैरआवासीय नेपाली संघ आयरल्याण्ड सदस्य तथा लिम्रिक नेपाली समाजका अध्यक्ष प्रेम घले लगायतको व्यवस्थापनमा सम्पन्न उक्त बैठकमा स्थानीयवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको पनि उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो ।


त्यस्तै गैरआवासीय नेपाली संघ आयरल्याण्डको आफ्नो नियमित बैठकले कृष्ण गौतमको नातिनी रुबी लिलि खरेलको बाल्यकालमा नै उपचारको क्रममा आशामयिक निधन भएको दुःखद परिस्थितिमा शोक प्रस्ताब सर्बसम्मत पारित गर्दै बैठक अघि बढेको थियो ।

बैठकले आफ्ना विभिन्न बिषयहरुमा छलफल गरि अनुमोदन गरेको सचिब बिबेक सापकोटाले जानकारी दिएका छन् । बैठकले नेपाल–आयरल्याण्ड मैत्री दिवस, नेपाल आयरल्याण्ड डेको समिक्षा गर्दै सफलतापूर्बक सम्पन्न भएकोमा प्रसंशा गरेको थियो ।

बैठकबाट एनआरएन बिधान संशोधन, ज्ञान शिप नेपाल भित्राउने सवालमा नेपालमा हुन लागेको सम्मेलनमा सहभागिता, योगदानका बिषयमा गम्भीरतापूर्बक छलफल गरेको कुरा एनआरएनए आइसीसी सदस्य राजन काफ्लेले बताए ।

स्तै दोहोरो नागरिकताका बिषयमा गैरआवासीय नेपाली संघ आयरल्याण्डद्वारा विभिन्न मन्त्रालयमा नेपाली दूताबासमार्फत बुझाएको ज्ञापनपत्र र ऐक्यबद्धताका बिषयमा जानकारी समेत दिएको थियो ।


यस्तै local community grant scheme, दशैं लिम्रिक कार्यक्रम, आयरल्याण्डभर गरिने तिहार देउसीभैलो कार्यक्रम, बार्षिक हिसाब किताब तथा आर्थिक विवरण कोषाध्यक्ष जंग अधिकारीले प्रस्तुत गरेका थिए ।

बैठकले लिम्रिक क्षेत्रमा नेपाली मेला आयोजना गरिने विषयमा बिषयमा समेत गम्भीर छलफल गरि आगामी बर्ष आयोजना गरिने लिम्रिक समाजका पूर्वअध्यक्ष राज थापा र बर्तमान अध्यक्ष प्रेम घलेले जानकारी दिएका थिए ।

त्यस्तै पर्यटन प्रवर्धनमा सक्रिय योगदान दिएका स्थानीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई प्रसंशा पत्र, गैरआवासीय नेपाली संघ आयरल्याण्डको तर्फबाट संयुक्तरुपमा अध्यक्ष नवराज कोइराला र आइसीसी सदस्य राजन काफ्लेले प्रेम घले र लिम्रिक क्षेत्रिय संयोजक मुकेश घिमिरेलाइ हस्तान्तरण गरेका थिए ।

उक्त अबसरमा नबगठित समितिलाई गैरआवासीय नेपाली संघ आयरल्याण्डका सम्पूर्ण पदाधिकारी लगायत संरक्षकहरु,आइसीसी सदस्य, अध्यक्ष, सल्लाहकारहरु, उपाध्यक्ष, महासचिब, सचिब लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

उक्त बैठकमा लिम्रिक बाहिर कोर्कबाट बसन्त न्यौपाने, लोक त्रिपाठी, डब्लिनबाट राजन काफ्ले, अन्जु काफ्ले, जंग अधिकारी, नवराज कोइराला, सोबना अधिकारी, भिम गौतम, बिबेक सापकोटा, प्रविन कोइराला, अनिश भण्डारी लगायत धेरैको उपस्थिति थियो ।
स्थानीय तहमा महिलाहरुलाई ससक्त गराउनका लागि महिला संयोजक अन्जु काफ्लेले आफ्ना भनाइ राखेकी थिइन् ।

त्यस्तै अध्यक्ष कोइराला र आइसीसी सदस्य काफ्लेले नवगठित समितिलाई सफलताको शुभकामना दिनुका साथै कार्यक्रमको भव्य व्यवस्थापनका लागि लिम्रिक बासीलाई बिसेष धन्यवाद दिएका थिए ।

उक्त अबसरमा नबगठित समितिले सबैसँग सहकार्य गरि गैरआवासीय नेपाली संघको समुन्नत हितमा लाग्ने बताएको छ ।

क्षेत्रिय संयोजक मुकेश घिमिरे, सदस्य प्रेम घले, सदस्य लक्ष्मी पौडेल, लिम्रिक समाज पूर्बअध्यक्ष राज थापा, डम्बर गौतम, बुद्ध लामा तथा अमृत न्यौपानेले लिम्रिकको उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

वि.सं.२०७५ असोज १७ बुधवार १०:२५ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...