back
CTIZAN AD

जनताको विश्वास जितेर काम गर्नुपर्ने ः मुख्यमन्त्री

वि.सं.२०७५ असोज १७ बुधवार

732 

shares

१७ असोज, बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् ।

प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताए ।

उनले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताए ।

मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम हो भने । “नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ , तीन ठूला राजनीतिक क्रान्ति हँुदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि छ ।” पोखरेलले भने,“अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन ।”

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ उनले भने ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा सङ्घ र प्रदेशका साझा अधिकार, शान्ति सुरक्षा सम्बन्धी कानून, प्रदेश प्रहरी तथा सुरक्षा सम्बन्धी अवधारणा माथि छलफल गरिने छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मानबहादुर विकले सङ्घीयता कार्यान्वयनको क्रममा संस्थागत रुपान्तरणको अवस्थामा शान्ति सुरक्षा दुरुस्त राख्न समन्वयात्मक वातावरण बनाउने, सुरक्षा योजना तयार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने र प्रदेश र स्थानीय निकायबीच समन्वय र सहजीकरणको माहोल सिर्जना गर्ने बैठकको उद्देश्य रहेको जानकारी दिए ।

वि.सं.२०७५ असोज १७ बुधवार १३:३४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...