back

 पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

वि.सं.२०७५ असोज १७ बुधवार

408 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, धनगढी । कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ ।

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ ।

 

वि.सं.२०७५ असोज १७ बुधवार १३:३९ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...