back
CTIZAN AD

पचपन्न वर्षमा नागरिकता पाइन् गुनाकुमारीले

वि.सं.२०७५ असोज १७ बुधवार

603 

shares

१७ असोज, बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरेकी छन् । सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी हुन् ।

दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी थिइन् । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले भनिन् । उनको २०३८ सालमा विवाह भएको हो । विसं २०५३ देखि उनका श्रीमान वेपत्ता भएका थिए । “मसँग विवाह दर्ता र नागरिकता थिएन । मेरो त जिन्दगी सकियो । दुई छोरा छन् । उनीहरुको जिन्दगी मैले गर्दा अन्धकारमा बित्यो । आजदेखि छोराको भविष्यको ढोका खुल्यो,” नागरिकता प्राप्त गरेपछि गुरुङले भने ।

गुुरुङका जेठो छोरा २४ वर्ष तथा कान्छा छोरा २१ वर्षका छन् । उनीहरुले नागरिकता नहुँदा केही गर्न सकेका थिएन । गुरुङका ८३ वर्षीय बुबा कुलबहादुर गुरुङ छोरीले नागरिकता पाएपछि औधी खुशी छन् । बेलायती सेनाबाट सेवानिवृत्त उनले भने, “छोरी र नातिको पीर थियो, अब एकमुठ्ठी सास सजिलै जानेभयो ।” प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुरुङलाई नागरिकता प्रदान गरेका थिए ।

वि.सं.२०७५ असोज १७ बुधवार १४:०१ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...