back
CTIZAN AD

बढी गर्भपतन हुने जिल्लामा पहिलो नम्बरमा कास्की

वि.सं.२०७५ असोज १७ बुधवार

636 

shares

१७ असोज, पोखरा । कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४०स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उनको भनाइ छ । ‘कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकी मात्रै गाउँका महिला सेवा लिन आउँछन् ।’ प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनी बताउछन् ।

त्यसैगरी कास्कीमा असुरक्षित गर्भपतनको समस्या बढिरहेको अधिकारी बताउछन् । ‘एघार प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ ।’ उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताइएको छ ।

गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा रहेकाहरु छन् । परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारीको भनाइ छ । उनी भन्छन् ‘परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन केही कम गर्न सकिन्छ ।” छोराको आशमा छोरीको भ्रुण हत्या गर्नेहरुका कारणले पनि गर्भपतन बढ्ने गरेको उनको भनाइ छ । गर्भपतन कम गर्नलाई महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

वि.सं.२०७५ असोज १७ बुधवार १७:५६ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...