back
CTIZAN AD

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

वि.सं.२०७५ असोज १७ बुधवार

561 

shares
१७ असोज, जकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।

यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।

भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताएको छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ ।

इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका रहेका छन ।

भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज १७ बुधवार १७:०४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...