back

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

वि.सं.२०७५ असोज १७ बुधवार

288 

shares
GLOBAL IME AD
NTC AD
१७ असोज, जकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।

यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।

भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताएको छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ ।

इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका रहेका छन ।

भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज १७ बुधवार १७:०४ मा प्रकाशित

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट

पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी...

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...