back
CTIZAN AD

फोहोर सफा नगरेको निहुँमा प्रधानाध्यापकले नै स्कुलबाट निकालिदिए

वि.सं.२०७५ असोज १८ बिहीवार

579 

shares

१८ असोज, बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् ।

भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्काशन गरिएको पीडितको भनाइ छ । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्काशन गरिएको पीडितले बताएका छन् ।

मुकेशका आमाबाबुले पनि आपूmहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन् । पिता हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन् । असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाइ छ । विद्यालयबाट निष्काशित मुकेश आपूmमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन् । प्रअ यादवले फोहर सफा गर्न आफूसमेत सरीक रहेको बताएका छन् ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:३८ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...