back
CTIZAN AD

निम्बसको सबै ब्रान्डका खाने तेललाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

वि.सं.२०७५ असोज १८ बिहीवार

561 

shares

१८ असोज, काठमाडौं । निम्बसका सबै ब्रान्डका खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ २२०००ः२००५ को मान्यता पाएको छ। निम्बसका सबैखाले तेलका उत्पादनले खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको कम्पनीले जनाएको छ।

खाद्य सुरक्षा र सुरक्षित प्रक्रिया अपनाएर सामान उत्पादन गरिएको आधारमा यस्तो प्रमाण–पत्र दिइने हुँदा यस्ता कम्पनीको उत्पादन उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ। यसअघि निम्बसकै ‘व्यन्जन’ तेलले नेपाल गुणस्तर चिन्ह ‘एनएस’को प्रमाण प्रत्र प्राप्त गरेको थियो।

निम्बसले आफ्ना उत्पादनलाई १ सय ओटा ‘डिस्ट्रिब्युटर’ मार्फत ४० जिल्लामा पुर्‍याएको जनाएको छ।

हाल कम्पनीले ‘व्यन्जन’ र ‘सुनौलो किरण’ ब्रान्डका गुणस्तरीय खाने तेल उत्पादन गर्छ। जसअन्तर्गत कम्पनीले सूर्यमुखी, तोरी, भटमासको तेल उत्पादन गर्दै आएको छ। ‘स्विडिस’ प्रविधिको ‘रिफाइनरी’मा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको दाबी गरेको छ।

उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला सञ्चालनमा छ। यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामासमेत गुणस्तर परीक्षण गराउँदै आएको जनाएको छ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:४२ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...