back
CTIZAN AD

अमेरिकाबाट फर्किएका प्रधानमन्त्रीलाई कतारमा स्वागत

वि.सं.२०७५ असोज १८ बिहीवार

576 

shares

अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारमा स्वागत गरिएको छ ।
नेपाली प्रबासी मंच कतार र नेपाली जनप्रगतिशिल मंच कतारले प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत भ्रमणका प्रतिनिधिमण्डलसँग भेटघाट तथा स्वागत गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनको औपचारिक भ्रमण सम्पन्न गरेर विहिबार स्वदेश फर्कने क्रममा कतारको दोहामा परेको ट्रान्जिटको समयमा भेटघाट तथा स्वागत कार्यक्रम गरिएको हो ।
उक्त भेटघाटका क्रममा समसामयिक विषय, दुई देशबीचको सम्बन्ध, पर्यटन क्षेत्रका विषय र कतारबाट नेपालमा लगानी भित्राउने सम्बन्धमा छलफल भएको थियो ।


सोहि अवसरमा प्रधानमन्त्रीले खाडी मुलुकमा कार्यरत नेपाली कामदार अत्यन्तै मेहनति भएको बताउँदै खाडी मुलकमा काम गरेर पठाएको रेमिट्यान्सले देशको आधा हैसियत थामेको भन्दै उनीहरु देशका लागि अभिन्न अंग भएको बताएका थिए । उनले कतारमा कार्यरत नेपाली कामदारको बारेमा जानकारी लिदैं नेपाल सरकारले निभाउनु पर्ने भूमिकाका बारेमा चासो राखेको प्रबासी मंच कतारका अध्यक्ष चानक पोख्रेलले बताएका छन् ।


भेटघाट कार्यक्रममा प्रबासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, सस्थापक अध्यक्ष कमल मणि गुरागाई, नेपाली जनप्रगतिशिल मंचका गल्फ सहसंयोजक शनिकुमार ओलि लगायतको उपस्थिति थियो ।

वि.सं.२०७५ असोज १८ बिहीवार १८:२१ मा प्रकाशित