back
CTIZAN AD

सडकमा बम पड्काएर सात सुरक्षाकर्मीको ज्यान लिइयो

वि.सं.२०७५ असोज १९ शुक्रवार

672 

shares

 

१९ असोज, अङकरा । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरूको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् ।

बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरूले सडकमा बम पड्काएर उनीहरूको मृत्यु भएको बताइएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरू चढेको सवारी साधनलाई लक्षित गरी उनीहरूले विस्फोटन गराएका थिए ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरूको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा राखेको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १०:२९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...