back
CTIZAN AD

पाकिस्तानका प्रतिपक्षी नेता शहवाज पक्राउ

वि.सं.२०७५ असोज २० शनिवार

597 

shares

२० असोज, इस्लामावाद, पाकिस्तान । पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा शुक्रबार पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

शहवाज पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारको भ्रष्टाचार आरोप लाग्ने पछिल्लो सदस्य हुन् । उनलाई प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको दलले केही महिना पहिले भएको निर्वाचनबाट पराजित गरेको थियो ।

उनीमाथि पाकिस्तानको पञ्जाब प्रान्तमा गुणस्तरहीन ‘हाउजिङ स्किम’ ल्याई भ्रष्टाचार गरेको आरोप लगाइएको, भ्रष्टाचार विरोधी निकाय पञ्जाब प्रान्तका क्षेत्रीय प्रमुख शाहजाद सालीमले एएफपीसँगको कुराकानीमा बताए ।

सालीमले पञ्जाबका पूर्व नेता शहवाज शरीफलाई अदालतमा कहिले उपस्थित गराइने सम्बन्धमा कुनै जानकारी गराएनन् ।

“हामीले आफ्ना नेताको पक्राउबारे वास्तविकता सङ्कलन गरिरहेका छौँ साथै दलको नेतृत्वसँग छलफल गरी आगामी कार्ययोजनाबारे रणनीति बनाइरहेका छौँ,” शरीफको दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का प्रवक्ता मालिक अहमद खानले बताए ।

पाकिस्तानको भ्रष्टाचार विराधी अदालतले गत जुलाईमा पार्टीका पिएमएल–एनका शक्तिशाली नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले अवैध रूपमा बेलायतमा सम्पत्ती जम्मा गरेको आरोपमा उहाँको अनुपस्थितिमा नै १० बर्ष जेल सजायँ सुनाएको थियो । पानामा पेपर्सले शरीफको परिवारले पदको दुरूपयोग गरी अकुत सम्पत्ती जम्मा गरेको खुलासापछि अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शरीफलाई पदबाट राजीनामा दिन अदालतले आदेश दिएको थियो ।

तर गत महिना उनकी धर्मपत्नीको बेलायतमा भएको मृत्युपछि शरीफको पुनरावेदनलाई विचाराधिन अवस्थामा राख्दै उनलाई गत महिना जेलबाट रिहा गरिएको थियो ।

वि.सं.२०७५ असोज २० शनिवार ०९:१८ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...