back
CTIZAN AD

नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सय बढी आवेदन, दशैँसम्म उत्कृष्ट सय गन्तव्य छनोट गरिने

वि.सं.२०७५ असोज २१ आइतवार

630 

shares

२१ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैं अगाडि नै पर्यटन विकासका लागि १ सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ ।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गर्न लागेको हो ।

पर्यटन बोर्डका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको छ । आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट हुने छन् । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो।

सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने मन्त्रालयले जनाएको छ । नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ।

पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी क्षेत्रको साझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गर्ने योजनालाई पनि प्राथमिकता दिने पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी बताउछन । साथै गन्तव्य छनोटका आधारमा पर्यटकीय सर्किटको नयाँ योजना बनाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ निनियोजन गरेको थियो ।

सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । यसैगरी, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ। चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँलाई पनि पाँच आधार भित्र राखिएको छ । पर्यटकीय स्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनोट गरिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७५ असोज २१ आइतवार ०८:४५ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...