back

‘सखी’ लिएर आए मदन पुरस्कार विजेता रामलाल जोशी

वि.सं.२०७५ असोज २१ आइतवार

555 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, काठमाडौं । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको नयाँ कृति ‘सखी’ उपन्यास सार्वजनिक भएको छ ।
कमलरी युवतीको संघर्ष, समपर्ण र सफलताको जीवन्त कथामा आधारीत रहेर लेखिएको उपन्यास ‘सखी’ को काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा शनिबार एक समारोहका बीच विमोचन गरिएको हो ।
यसअघि आख्यान कथा ‘ऐना’ कथा संग्रह ल्याएर मदन पुरस्कार जितेका जोशीको ‘सखी’ चौथो कृति र पहिलो उपन्यास हो ।
वरिष्ठ साहित्यकार तथा कवि सरुभक्तको प्रमुख आतिथ्यतामा विमोचन भएको उक्त ‘सखी’ उपन्यासको उपन्यासकार बुद्धि सागर, कथाकार अर्चना थापा र भाषाशास्त्री राम लोहनीले समिक्षा गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि सरुभक्तले सखी थारु समुदायको जनजीवनलाई अनुभुत गरेर लेखिएको बताउँदै सखी थारु समुदायको जीवन्त दस्तावेज भएको समेत बताए ।


त्यस्तै भाषाशास्त्री राम लोहनीले लेखक जोशीको नेपाली भाषामा असाधारण पकड रहेको बताउँदै सखीमा भाषिक दृष्टिकोण अत्यन्तै राम्रो रहेको बताएका थिए ।
उनले सखीमा नेपालको २५ वर्षको इतिहास समेटिएको बताउँदै उपन्यासमा माओवादी द्धन्द्ध, एनजीओकर्मीहरुको भ्रष्ट चरित्र लगायतलाइ पनि समेटिएको बताए । उनले लेखक जोशीले सखीमा शब्दहरु ओकल्ने स्वतन्त्रताको भरपुर प्रयोग गरेको समेत बताए ।
त्यस्तै अर्की समिक्षक कथाकार अर्चना थापाले सखीमा प्रयोग गरिएका विम्वहरु अत्यन्त सुन्दर रहेको बताउँदै सहरमा बसेर लेख्नेले त्यस्ता विम्वहरु कल्पनै गर्न नसक्ने बताएकी थिइन् ।
थापाले सखी, जातिय, वर्गिय, लैङ्गिक श्रेष्ठतामा घुमिरहेको बताउँदै सखीको सुरुवात सकारात्मक धारले सुरु भएको बताइन् । उनले सखीमा महिला श्रमिकका बेतनका कुुराहरु पनि सूचनामार्फत महत्वपूर्ण तरिकाले आएको बताइन् ।

उपन्याकार वुद्धि सागरले लेखक जोशीले सखीभित्र थारु समुदायको हृदयको गहिराइमा पुगेर उपन्यास लेखेको बताउदैं उपन्यासमा धेरै राम्रा विम्बहरु प्रयोग भएको भएको बताएका थिए ।

अन्त्यमा लेखक रामलाल जोशीले वेदव्यासले आफ्नी आमामाथि महाभारत लेखेको भन्दै आफ्नी आमा भन्दा अरुकी आमालाई गहिरीएर जान्न नसकिने भएकोले आफू जन्मेको माटोसँगै नै बढी परिचित भएको र त्यहिको जनजीवनको सेरोफेरोमा रहेर ‘सखी’ ल्याएको बताए ।
उनले धर्तिपुत्र थारु समुदायलाई हिजोको राज्यसत्ताले सधै दासत्वको रुपमा लिएपनि अहिले उनीहरु स्वाभिमानको जिन्दगी बाँचिरहेको बताउँदै राज्यसत्ताले गरेको व्यवहार लेखकले दोहो¥याउन नहुने बताएका थिए ।
जोशीले आदिम संस्कृति धानेका थारु समुदाय जो आफ्नो माटोलाई पुजा गरेर माटोमै संघर्ष गरेका धर्तिपुत्रको कथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’ मार्फत् बाहिर ल्याउने प्रयास गरेको बताएका थिए ।

वि.सं.२०७५ असोज २१ आइतवार ०८:५१ मा प्रकाशित

लघुकथा : हठ

लघुकथा : हठ

वसन्त अनुभव,घोराही, दाङ ‘अब त अति भो ! म तिम्रो...

सुसेली

सुसेली

बद्री उप्रेती, काठमाडौं मन डढेको देख्दैनन् नि कसैले पीर गढेको...

चारू

चारू

तेजप्रसाद खनाल, लमही, दाङ मिलनसार भए सबैसँग प्यार हुन्छ प्यार...

कविता :ज्ञाननिधि

कविता :ज्ञाननिधि

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम हाम्रा ज्येष्ठ अथाह ज्ञान निधि हुन्...

कविता : के हुन्न यो मुलुकमा पसिना बगाए

कविता : के हुन्न यो मुलुकमा पसिना बगाए

कविराज घिमिरे, भक्तपुर पैसा यहीँ छ श्रमले जब दाउ पायो...

कविता : भन्देउ न, पैसा कसले बनायो ?

कविता : भन्देउ न, पैसा कसले बनायो ?

उत्तम विचार, नुवाकोट सर्वस्व हो दौलत ठान्छ कोही अभावमा जीवन...