back
CTIZAN AD

‘सखी’ लिएर आए मदन पुरस्कार विजेता रामलाल जोशी

वि.सं.२०७५ असोज २१ आइतवार

1.1K 

shares

२१ असोज, काठमाडौं । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको नयाँ कृति ‘सखी’ उपन्यास सार्वजनिक भएको छ ।
कमलरी युवतीको संघर्ष, समपर्ण र सफलताको जीवन्त कथामा आधारीत रहेर लेखिएको उपन्यास ‘सखी’ को काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा शनिबार एक समारोहका बीच विमोचन गरिएको हो ।
यसअघि आख्यान कथा ‘ऐना’ कथा संग्रह ल्याएर मदन पुरस्कार जितेका जोशीको ‘सखी’ चौथो कृति र पहिलो उपन्यास हो ।
वरिष्ठ साहित्यकार तथा कवि सरुभक्तको प्रमुख आतिथ्यतामा विमोचन भएको उक्त ‘सखी’ उपन्यासको उपन्यासकार बुद्धि सागर, कथाकार अर्चना थापा र भाषाशास्त्री राम लोहनीले समिक्षा गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि सरुभक्तले सखी थारु समुदायको जनजीवनलाई अनुभुत गरेर लेखिएको बताउँदै सखी थारु समुदायको जीवन्त दस्तावेज भएको समेत बताए ।


त्यस्तै भाषाशास्त्री राम लोहनीले लेखक जोशीको नेपाली भाषामा असाधारण पकड रहेको बताउँदै सखीमा भाषिक दृष्टिकोण अत्यन्तै राम्रो रहेको बताएका थिए ।
उनले सखीमा नेपालको २५ वर्षको इतिहास समेटिएको बताउँदै उपन्यासमा माओवादी द्धन्द्ध, एनजीओकर्मीहरुको भ्रष्ट चरित्र लगायतलाइ पनि समेटिएको बताए । उनले लेखक जोशीले सखीमा शब्दहरु ओकल्ने स्वतन्त्रताको भरपुर प्रयोग गरेको समेत बताए ।
त्यस्तै अर्की समिक्षक कथाकार अर्चना थापाले सखीमा प्रयोग गरिएका विम्वहरु अत्यन्त सुन्दर रहेको बताउँदै सहरमा बसेर लेख्नेले त्यस्ता विम्वहरु कल्पनै गर्न नसक्ने बताएकी थिइन् ।
थापाले सखी, जातिय, वर्गिय, लैङ्गिक श्रेष्ठतामा घुमिरहेको बताउँदै सखीको सुरुवात सकारात्मक धारले सुरु भएको बताइन् । उनले सखीमा महिला श्रमिकका बेतनका कुुराहरु पनि सूचनामार्फत महत्वपूर्ण तरिकाले आएको बताइन् ।

उपन्याकार वुद्धि सागरले लेखक जोशीले सखीभित्र थारु समुदायको हृदयको गहिराइमा पुगेर उपन्यास लेखेको बताउदैं उपन्यासमा धेरै राम्रा विम्बहरु प्रयोग भएको भएको बताएका थिए ।

अन्त्यमा लेखक रामलाल जोशीले वेदव्यासले आफ्नी आमामाथि महाभारत लेखेको भन्दै आफ्नी आमा भन्दा अरुकी आमालाई गहिरीएर जान्न नसकिने भएकोले आफू जन्मेको माटोसँगै नै बढी परिचित भएको र त्यहिको जनजीवनको सेरोफेरोमा रहेर ‘सखी’ ल्याएको बताए ।
उनले धर्तिपुत्र थारु समुदायलाई हिजोको राज्यसत्ताले सधै दासत्वको रुपमा लिएपनि अहिले उनीहरु स्वाभिमानको जिन्दगी बाँचिरहेको बताउँदै राज्यसत्ताले गरेको व्यवहार लेखकले दोहो¥याउन नहुने बताएका थिए ।
जोशीले आदिम संस्कृति धानेका थारु समुदाय जो आफ्नो माटोलाई पुजा गरेर माटोमै संघर्ष गरेका धर्तिपुत्रको कथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’ मार्फत् बाहिर ल्याउने प्रयास गरेको बताएका थिए ।

वि.सं.२०७५ असोज २१ आइतवार ०८:५१ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...