back
CTIZAN AD

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: रूख काट्नै हतारो

वि.सं.२०७५ असोज २२ सोमवार

516 

shares

२२ असोज, काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वातावरणीय क्षति न्यूनीकरणका विकल्प पन्छाएर रुख काट्न मात्र जोड दिइएको पाइएको छ । विमानलस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा विकल्प विश्लेषणको पक्षलाई बेवास्ता गरिएको विज्ञहरूले आरोप लगाएका छन् ।
प्रतिवेदनमा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देशको हवाई यातायातको क्षेत्र एवं आर्थिक विकासका लागि अति आवश्यक मेरुदण्ड भएकाले ‘डु नोथिङ’ को विकल्प मान्न सकिने’ उल्लेख छ । धावनमार्गभन्दा सहर स्थापनालाई प्राथमिकता दिँदै भनिएको छ, ‘विकल्पका रूपमा विमानस्थल सहर दक्षिणतर्फ विकास गर्ने योजना बनाउन सकिन्छ ।’
तत्कालीन वातावरण मन्त्रालयको ईआईए महाशाखाका पूर्वप्रमुख वटुकृष्ण उप्रेतीले प्रतिवेदनमा विकल्प विश्लेषणलाई छाडेर ‘कसरी र कति रूख काट्ने’ भन्नेमा मात्र जोड दिइएको बताए । ‘ईआईएको मूल उद्देश्य प्रतिकूल प्रभाव हटाउने, घटाउने वा क्षतिपूर्ति दिने र अनुकूल प्रभाव बनाउने भन्ने हो,’ राजधानीमा आइतबार आयोजित वातावरण सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उप्रेतीले भने, ‘निजगढको ईआईए गर्दा गुणस्तरीय प्रतिवेदनका लागि आवश्यक उपकरण प्रयोग भएको देखिन्न, अरू प्रतिवेदनबाट सार्ने, भद्दा बनाउने काम मात्र भएको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २२ सोमवार ०८:२८ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...