back
CTIZAN AD

बेपत्ता भनिएका इन्टरपोलका अध्यक्षले एक्कासी दिए राजिनामा

वि.सं.२०७५ असोज २२ सोमवार

555 

shares

२२ असोज, बेइजिङ ।  गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ । फ्रान्सेली अधिकारीहरुले गत शुक्रबार मात्र मेङ चीनमा “बेपत्ता” भएको समाचार सार्वजनिक गरेका थिए ।

अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ । मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन् ।

विश्लेषकहरुले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन् ।

मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताइन् ।

चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाब पश्चात एक वक्तव्य जारी गर्दैै भनेको छ ः “मेङमाथि कानुन उल्लङ्घनको आरोपमा अनुसन्धान भइरहेको छ ।”

त्यसलगत्तै, इन्टरपोलले मेङले “तत्काल लागू हुनेगरी” दिएको राजीनामा प्राप्त भएको जनाएको छ ।

चीनमा उच्च पदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो । चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् ।  उनीहरु पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ ।

इन्टरपोलमा पहिलो चिनीया अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा परेका थिए ।

इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्ने महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताएका थिए ।

मानव अधिकार समूहहरुको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त भएका थिए । विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयका रुपमा हेरिएको थियो ।

तर मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ । दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ ।

राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाएका थिए । मेङलाई अरु पनि संवेदनशील कार्यहरुको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतङ्कवादी विभागको पनि जिम्मेवारी पाएको थियो ।

मेङलाई इन्टरपोलको अध्यक्ष बनाउन सकिए चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरु चीन लैजाने मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचना समेत भएको थियो ।

इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । अध्यक्षले संस्थाको दैनिक कारबाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पष्ट गरेको छ ।

चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरुलाई पक्राउ गर्न अपरेसन फक्स हन्ट समेत सञ्चालन गरिआएको छ । ती व्यक्तिलाई पक्राउ गर्न चिनीया अधिकारीहरुले गोप्य रुपमा कार्य गरिरहेको बताइन्छ ।

चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न “रेड नोटिस” जारी गरेको छ । उनीहरुमाथि हत्या, लागूऔषधको तस्करी लगायतका आरोप लागेका छन् ।

मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनीया अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ । गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिइआएका छन् ।

वि.सं.२०७५ असोज २२ सोमवार १८:२४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...