back
CTIZAN AD

एमालेका दुई नेता पार्टीबाट निष्काशित

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1K 

shares

५ कात्तिक,अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफँैले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो ।

गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ति जिप्रकामा निवेदन दिएका थिए ।

सोहीअनुसार असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र प्रहरीको टोलीले भुसालको खोजी अभियानलाई तीव्र पारेको थियो ।

खोजतलासका क्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको आशङ्कामा असोज २२ गते धनचौर–५ निवासी खेमराज भुसाल र निजका छोरा गणेशकुमार भुसाललाई जिप्रका, अर्घाखाँचीले हिरासतमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२ को छेकुवा जङ्गल नजिकै झिमरुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत शरीर भेटाएको थियो ।

अभियुक्त दुवैजनालाई जिप्रका, अर्घाखाँचीमा थुनामा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिप्रका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०६:३४ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...